धादिङ २२ भाद्र
मंगलबार धादिङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका सङ्क्रमितहरुमा गल्छीमा १, गजुरीमा १ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै मंगलबार २ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८५ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा ८१ जना रहेका छन् । ५४ एनटीजेन परिक्षण मध्ये ४ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस