धादिङ २१ भाद्र
सोमबार धादिङमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा ५, धुनिबेसिमा १, थाक्रेमा १, गल्छीमा २, ज्वालामुखीमा १ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै सोमबार ५ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८२ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा ७८ जना रहेका छन् । गजुरीमा आज ३ स्वाब संकलन भएको छ । ५१ एनटीजेन परिक्षण मध्ये ५ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस