धादिङ २१ भाद्र
अखिल क्रान्तिकारी धादिङले २१ औँ जिल्ला सम्मेलन भाद्र ३१ गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको क्रान्तिकारीको जिल्ला कमिटी बैठकले सबै पालिकाको सम्मेलन सकेर ३१ गते भव्य रुपमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र जम्कट्टेलले जानकारी दिनुभयो ।
हालसम्म थाक्रे, गजुरी, बेनिघाट रोराङ, सिद्धलेक, रुविभ्याली र नेत्रावती डबजोङको सम्मेलन सम्पन्न भैसकेको छ । यस्तै खनियाबास गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको २२ गते, नीलकण्ठ नगरपालिकाको २५ गते र धुनिबेसी नगरपालिकाको २६ गते सम्मेलन तय भएको संयोजक जम्कट्टेलको भनाइ छ ।
बाकी पालिकाहरुको पनि एक, दुई दिनमै सम्मेलन सम्पन्न गर्ने लक्ष्य सहित अगाडि बढेको संयोजक जम्कट्टेलको भनाइ छ ।
बैठकलाई संबोधन गर्दै नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सदस्य एवं धादिङका जबस मोर्चा इन्चार्ज मनराज भण्डारी(सैलेश) ले पार्टीको सबैभन्दा क्रियाशील संगठन अखिल क्रान्तिकारी भएको बताउँदै सम्पूर्ण अग्रगामी र परिवर्तनको पक्षधर विद्यार्थीहरुलाई संगठनमा गोलबन्द गर्न आग्रह गर्दै सम्मेलन सफलताको शुभकामना समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस