धादिङ २० भाद्र
धादिङको बेनिघाट रोराङमा चेपाङ भाषा वर्णमाला प्रर्वद्धन तालिम आइतबार समापन भएको छ । नेपाल चेपाङ संघको आयोजनामा हिमाली आदिवासी जनजाती समुदाय संस्थाको आर्थिक सहयोगमा शनिबारबाट सुरु भएको तालिममा भिम बहादुर चेपाङको अध्यक्षता रहेको थियो ।
यस्तै नेपाल चेपाङ संघका सचिवालय सदस्य सन्त बहादुर चेपाङको प्रमुख आतिथ्यता, महासचिव आइतसिं चेपाङ, शिक्षा विभाग संयोजक तिलक बहादुर चेपाङ लगायतको आतिथ्यता रहेको थियो । ३५ जना सहभागी रहेको उक्त चेपाङ भाषा वर्णमाला प्रर्वद्धन तालिममा बेनिघाट, धुषा र जोगिमाराका चेपाङ क्षात्रक्षात्रा तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
उक्त चेपाङ भाषा वर्णमाला प्रवद्र्धन तालिम धादिङ, चितवन, गोरखा र मकवानपुरका विभिन्न स्थानमा सञ्चालन भैसकेको चेपाङ अगुवा तिलक चेपाङले जानकारी दिनुभयो । हाल नेपालमा मातृभाषाको रुपमा ६८ प्रतिशत चेपाङहरुले चेपाङ भाषा प्रयोग गर्ने तथ्याङ्क रहेको छ ।
प्रतिक्रिया दिनुहोस