धादिङ २० भाद्र
आईतबार धादिङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा ३ र गंगाजमुनामा ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै आईतबार १७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७४ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा ७० जना रहेका छन् । ३५ एनटीजेन परिक्षण मध्ये ६ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस