धादिङ १९ भाद्र
५९ औं नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । शनिवार धादिङबेसी स्थित नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राङ्गणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुलाई पालना गरिएको थियो भने कार्यक्रममा ९ जना महिला र ४१ जना पुरुष गरी ५० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, रेडक्रसको स्थापना दिवसको अवसरमा धादिङ अस्पतालमा रहेका २६ जना विरामीहरुलाई फलफूल वितरण र धादिङको कोभिड अस्पतालमा रहेका विरामीलाई सुप वितरण गरिएको छ । रगत अभावका कारण जिल्लामा कुनै विरामीहरुको अकालमै ज्यान नजाओस् भनी नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस