धादिङ १९ भाद्र
शनिबार धादिङमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा ५, ज्वालामुखीमा २, त्रिपुरासुन्दरीमा १ र गंगाजमुनामा १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै शनिबार १२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८५ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ५ र होम आइसोलेसनमा ८० जना रहेका छन् । ४४ एनटीजेन परिक्षण मध्ये ९ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस