काठमाडौँ १९ भाद्र
नेकपा एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी दर्ता गरेका माधव कुमार नेपाल समुहमा प्रदेशमा कति सांसदहरु खुल्छन् भन्ने सर्वत्र चर्चाको बिषय बनेको छ । भदौ ९ गते नयाँ पाटी नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता गर्दा नेपालसँग प्रतिनिधिसभा र राष्ट्रिय सभाका २९ सभासद थिए । केही सांसदहरु नयाँ दलमा सहभागी हुनको लागि निर्वाचन आयोग पुगे पनि निवेदन दिँदा नाम नभएको भनेर निर्वाचन आयोगले फिर्ता पठाएको थियो । निर्वाचन आयोगले दल रोज्नको लागि एमालेका प्रदेश सभाका सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिएपछि समाजवादीमा खुल्ने सांसदहरुको नाम बाहिर आईरहेको छ । मंगलबार मात्रै वाग्मती प्रदेश र सूदुरपश्चिम प्रदेशका एमालेका प्रदेश सांसदहरुले निर्वाचन आयोग पुगेर समाजवादीमा सनाखत गरेका छन् ।
७ प्रदेशमा कस्तो छ एकीकृत समाजवादीको अवस्था ?
केन्द्रमा पाटी फुटेपछि प्रदेश तथा स्थानीय तहमा पनि यसको असर स्वभाविक रुपमा पर्ने नै भयो । २०७४ को निर्वाचनमा स्थानीय तह, प्रदेश तथा संघिय संसदमा राम्रो अंकगणीतका साथ जित हासिल गरेर देशको सबैभन्दा ठुलो राजनैतिक दल बनेको थियो एमाले । दुई प्रदेशमा एकल बहुमत र अन्य प्रदेशमा सरकार निर्माणको लागि सुविधाजनक संख्या एमालेले जितेको थियो । विभाजनपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु दल रोज्नका लागि निर्वाचन आयोग गएर सनाखत गरिरहेका छन् ।
प्रदेश नम्बर १
९२ सदस्यीय प्रदेश सभामा नेकपा एमालेको मात्रै ५१ जना सांसद रहेका छन् । अहिलेसम्म एकीकृत समाजवादीमा राजेन्द्रकुमार राई, सावित्रीकुमारी, राजन राई, खिन लङबा, कृष्णकुमारी राई, सुनिताकुमारी चौधरी, गणेशकुमार काम्बाङ्, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ खुलेका छन् । यो सांसदको संख्या समाजवादीमा गएपछि प्रदेश १ मा रहेको एमालेको एकल वहुमत खण्डित हुने भएको छ । भर्खरै मात्र मुख्यमन्त्री नियुक्त भएका भीम आचार्यको सरकार संकटमा पर्ने देखिन्छ ।
प्रदेश नम्बर २
प्रदेश नम्बर २ मा एमालेका २१ जना सांसद रहेका छन् । हालसम्म एकीकृत समाजवादीमा १३ जना सांसद खुलेका छन् । एमालेका गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, अशोक कुमार यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सुन्दर बहादर विश्वकर्मा, सीता गुरुङ, हसिमा खातुन एकीकृत समाजवादीमा खुलेका छन् । प्रदेश नम्बर २ मा माधव नेपालको एकीकृत समाजवादी एमाले भन्दा बलियो देखिएको छ ।
वाग्मती
१०९ सदस्यीय वाग्मती प्रदेश सभामा एमालेका ५६ जना सांसदहरु रहेका छन् । नेकपा एमालेको स्पष्ट वहुमत रहेको वाग्मतीमा १२ जना सांसदले एमाले छाडेर समाजवादी रोजेका छन् । मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोग पुगेर समाजवादीमा सनाखत् गरिसकेका छन् । सनाखत गर्नेमा प्रदेश सांसदहरु राजेन्द्र पाण्डे, पार्वती सिलवाल, मनु सिग्देल, लक्ष्मण लम्साल, रमा आले मगर, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, बसुन्धरा हुमागाईं, कृष्ण खनाल र कुसुम कार्की रहेका छन् । यो सँगै एकल बहुमतको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मीको सरकार धरापमा परेको छ ।
गण्डकिमा नेकपा (एकीकृत समाजवादी) शुन्य
६० सदस्यीय प्रदेश सभामा नेकपा एमालेको २७ जना सांसद रहेका छन् । अहिलेसम्म एकिकृत समाजवादी गण्डकि प्रदेशमा शुन्य देखिएको छ । आयोगले दिएको समय २२ गतेसम्म भएकोले राजनीतिक समीकरणमा वदलाव आउँदा केहि संख्या घट्न सक्छ । अन्यथा एकीकृत समाजवादी गण्डकि प्रदेशमा शुन्य हुनेछ ।
लुम्बिनी
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद रहेका छन् । अहिलेसम्म एकीकृत समाजवादीमा प्रदेश सांसद रमा घर्र्ती मात्र खुलेकि छिन् । पाल्पा बाट समानुपातीक सांसद भएकि उनले मंगलबार निर्वाचन आयोग गएर एकीकृत समाजवादीमा सनाखत गरिसकेकि छन् । माधव नेपालको एकीकृत समाजवादी लुम्बिनी प्रदेशमा एकदमै कमजोर देखिएको छ । तर अरु पनि सांसदहरु समाजवादीमा आउने घर्तीले दावी गरिन् ।
कर्णाली
४० जनाको प्रदेश सभा रहेको कर्णालीमा एमालेको सभामुख सहित २० सांसद रहेका छन् । जसमध्ये फ्लोर क्रस गरेको भनेर ४ सांसदको पद खारेज भइसकेको छ । प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर बहादुर थापाको पद खारेज भएको हो । पद खारेजीमा परेका सांसद माधव नेपाल निकट हुन् । उनिहरुले नयाँ पार्टी समाजवादी रोज्न सक्छन् तर पद गइसकेकोले प्रदेशको अंकगाणितमा असर गर्दैन । अहिलेसम्म कर्णाली प्रदेशमा एकीकृत समजवादीलाई सांसद देवी वलीले मात्र समर्थन गरेकि छिन् ।
सूदुरपश्चिम
५२ सदस्यीय प्रदेशसभामा एमालेका २५ जना सांसदहरु रहेका छन् । मंगलबार १० जना सांसदले निर्वाचन आयोगमा गएर समाजवादीमा रहने भनेर सनाखत गरि सकेका छन् । भीम रावलको पकेट क्षेत्र मानिएको सुदुरपश्चिमका १० जनाले एमाले छाडेका हुन् । नयाँ पाटी दर्ता नहुँदासम्म माधव नेपाल समुहकै पनि रावल निकट मानिएका सांसदले रावलले ओलि नेतृत्वको एमाले रोजेपछि उनको साथ छाडेका छन् । यो संख्या अझै बढ्ने देखिएको छ ।
२०७४ सालमा भएको प्रदेश सभा र संघिय संसदको निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचनमा गएको नेकपा एमाले र माओवादी केन्द्रले संघीय संसदमा दुई तिहाई नजिकको सांसद र ६ प्रदेशमा एकल सरकार बनाउने सुृविधाजनक मत पाएका थिए । उक्त गठबन्धन एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । फागुनमा अदालतले एकिकरणलाई बदर गरेसँगै छुट्टीएको एमाले र माओवादी पुरानै संरचनामा फकिएका थिए । तर, एमालेमा आन्तरिक विवाद चुलिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलिको सत्ताबाट बाहिरिनुपर्ने स्थिति सिर्जना भयो र प्रधानमन्त्रीमा शेर बहादुर देउवाको सत्तारोहण हुन पुग्यो ।
यहि बिचमा एमालेले गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्वबाट बाहिरिनु परेको थियो । भदौ २ गते माधव नेपाल समुहले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएपछि विभाजन भएको एमालेले प्रदेश नम्बर १ र वाग्मती प्रदेश सरकार पनि गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
गठबन्धन बनाएर चुनाव लडेको भए पनि यी दुई प्रदेशमा एमालेको एकल बहुमत रहेको छ । पार्टी विभाजन भएपछि मुख्यमन्त्री बनेका वाग्मतीमा अष्टलक्ष्मी शाक्य र १ नम्बरमा भीम आचार्यको सरकार अल्पमतमा परेको छ । दुवै सरकार ढल्ने निस्चित देखिएको छ ।
निर्वाचन आयोगले दिएको समय २२ गतेसम्म रहेकोले दल रोज्नेको संख्या कति हुने अहिल्यै भन्न सकिन्न । तोकिएको समयमा निर्वाचन आयोगमा कति जनप्रतिनिधिले सनाखत गर्छन् त्यो आधारमा संसदीय अंकगणितमा को कति बलियो थाहा हुनेछ ।
अहिले सम्मको परिस्थिति हेर्दा एकीकृत समाजवादी प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा एमालेभन्दा बलियो बन्ने अवस्था देखिएको छ भने प्रदेश १ र वाग्मतीमा सम्मानजनक संसदीय अंकगणितमा रहेको देखिएको छ । त्यस्तै कर्णाली र लुम्बिनीमा एकदमै कमजोर देखिएको छ । गण्डकि प्रदेशमा शुन्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस