धादिङ १७ भाद्र
बिहिबार धादिङमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा २, बेनिघाटमा ३, खानियाबासमा १ र र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका २ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बिहिबार २३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८७ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ६ र होम आइसोलेसनमा ८१ जना रहेका छन् । गजुरीमा आज २ जनामा स्वाब संकलन भएको छ । ६६ एनटीजेन परिक्षण मध्ये ८ जनामा पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस