धादिङ १७ भाद्र
एकीकृत सामुदायिक विकास अभियान (ICDC) धादिङले नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ तमैछाप समुदायका पहिरो पिडित १५ घरपरिवारलाई राहत सामाग्री सहयोग गरेको छ । एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपालले KKS जर्मनीको सहयोगमा गरिएको आपतकालीन प्रतिकार्य सहयोग अन्तर्गत प्रती परिवार १ त्रिपाल, १ बोरा चामल, २ के.जी.दाल, २ के.जी.नुन आदि वितरण गरेको हो । उक्त कार्यक्रममा नेत्रावती डबजोङ वडा नं ४ का वडा अध्यक्ष तील बहादुर गुरुङ, आइसीडिसी को कोषाध्यक्ष गोपाल गुरुङ र मनोविमर्शकर्ता राजन दुवाडीको सहभागीता रहेको थियो ।
त्यस्तै, सिद्धलेक गाउँपालिका वडा नं ४ गौथले समुदायका ९० घरधुरीको लागि प्रती परिवार सर्जिकल माक्र्स २५ थान, १ सय मि.लि.सेनेटाइजर साबुन काली देवि माध्यमिक विद्यालयका प्रधानाध्यापक झक बहादुर थापा मगर र चक्रमहाकाली आधारभुत विद्यालयका प्रधानाध्यापक बम बहादुर थापा मगरलाई हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस