आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे खेल सुरु हुनेछ। खेलका लागि ५१ सय दर्शक मैदान प्रवेशका लागि अनुमति छ । नेपाल सरकार र विश्व फुटबल महासङ्घ फिफाले तोकेको सबै मापदण्ड पूरा गरेर मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइनेछ। त्यसका लागि दर्शकले टिकटका साथै भ्याक्सिन कार्ड ल्याउनु पर्नेछ र भ्याक्सिन कार्ड नभए पिसिआर रिपोर्ट ल्याउनु पर्नेछ।
दर्शकका लागि प्रभुपेबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ। टिकटको मूल्य साधारण प्यारापिटको एक हजार र भिआइपीतर्फ दुई हजार रुपैयाँ तोकिएको छ। खेलको हिमालय टेलिभिजन तथा ओएसआर स्पोर्ट्सको युट्युवबाट प्रत्यक्ष प्रसारण हुनेछ । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ।
नेपाल र भारतबीच दशरथ रंगशालामा छ वर्षपछि फुटबल हुन लागेको हो । नेपाल र भारतबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन्। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ।
प्रतिक्रिया दिनुहोस