सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर आईपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । सूचीकृत भएपश्चात शुक्रबारदेखि दोस्रो बजारमा सानिमा लाइफको शेयर कारोबार खुला हुँदैछ । कम्पनीको २ करोड कित्ता शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सूचीकृत भएको थियो ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता रू। ३०९ मा खुला हुने बताएको छ । नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबार गर्न पहिलो कारोबारको लागि रू। १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेन्ज तोकेकोमा अन्तिम मूल्य रेन्जमा कारोबार भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस