धादिङ १६ भाद्र
बुधबार धादिङमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका सङ्क्रमितहरुमा गजुरीमा १, ज्वालामुखीमा २, त्रिपुरासुन्दरीमा १ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बुधबार ६ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय २ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ११ र होम आइसोलेसनमा ९१ जना रहेका छन् । गजुरीमा आज ७ जनामा स्वाब संकलन भएको छ । ९५ एनटीजेन परिक्षण मध्ये १२ जनामा पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस