धादिङ १६ भाद्र
अखिल(क्रान्तिकारी) जिल्ला कमिटी धादिङद्वारा संगठन बिस्तार अभियान अन्तरगत रुबिभ्याली गाउँपालिका इकाई कमिटी गठन भएको छ । बुधबार एक कार्यक्रमका बिच भिम बहादुर तामाङको अध्यक्षतामा ३५ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल)क्रान्तिकारी) धादिङका ईन्चार्ज बिमल तामाङले शैक्षिक विकासको क्षेत्रमा रुबिभ्याली अगाडि बढेको बताउँदै एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाका विरुद्ध विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण भुमिका भएको उल्लेख गर्नुभयो । साथै तामाङले अखिल क्रान्तिकारीले जहिलै पनि विद्यार्थी हक अधिकारका मुद्दा स्थापित गर्दै आएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र धादिङका अध्यक्ष विजय बुर्लाकोटीले अखिल क्रान्तिकारी स्थापना काल देखिनै विभिन्न आरोह अवरोह पार गर्दै सत्य विचारलाई आत्मसाथ गरी अगाडि बढेकोे र संगठनलाई गोलबन्द गर्दै जाने हो भने युवा विद्यार्थी नै भोलिको सबल र सक्षम नेतृत्व बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
माओवादी केन्द्र धादिङका अध्यक्ष विजय बुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, माओवादी केन्द्र नीलकण्ठ नगर कमिटीका अध्यक्ष दिपक विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस