धादिङ १५ भाद्र
अखिल ( क्रान्तिकारी ) जिल्ला कमिटी धादिङ द्वारा संगठन बिस्तार अभियान अन्तरगत सिद्वलेख गाउपालिकामा इकाई कमिटी गठन भएको छ । मंगलबार एक कार्यक्रमका बिच पासाङ तामाङको अध्यक्षता मा ३५ सदस्यीय इकाई कमिटी गठन छ । भने जिल्ला सम्मेलनको लागि ५ जना प्रतीनिधि चयन गरिएको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारी सिद्धलेक गाउँपालिकाका इन्चार्ज सकल रिजाल, नेकपा माओवादी केन्द्र धादिङका कार्यलय सदस्य एबम सिद्धलेक गाउँपालिका इन्चार्ज राजन खतिवडाको, नेकपा माओवादी केन्द्र सिद्धलेक गाउँपालिका अध्यक्ष पुष्पराज थपलिया , अखिल क्रान्तिकारी धादिङका संयोजक क. उपेन्द्र जमरकटेल जिल्ला सचिवालय सदस्यहरु बिनोद आचार्य , किरण शिंम्खडा , गणेश श्रेष्ठ लगाएत वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अहिले अभियानकै रुपमा विभिन्न विद्यालयहरुमा क्रान्तिकारीको इकाईहरु गठन गर्ने कार्यक्रम रहेको र भदौ २० गतेसम्ममा पालिका स्तरीय सम्मेलन सक्ने गरी तयारी थालिएको संयोजक जम्कट्टेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस