धादिङ १५ भाद्र
मंगलबार धादिङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा ९, ज्वालामुखीमा ३ र त्रिपुरासुन्दरीमा २ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै मंगलबार ७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९५ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ११ र होम आइसोलेसनमा ८४ जना रहेका छन् । गजुरीमा आज ३ जनामा स्वाब संकलन भएको छ । ८३ एनटीजेन परिक्षण मध्ये १२ जनामा पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस