भाद्र १५
लामो समयदेखि क्याम्पसमा पढाई नभएको तथा अनलाइन कक्षाको माग गरेपनि क्याम्पस प्रमुख पाण्डेले कक्षा संचालन नगरेकोले भन्दै नुवाकोट आर्दश वहुमुखी क्याम्पसका प्रमुखको कुर्चीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । क्याम्पस प्रमुखले राजनीतिक खोल ओडेर क्याम्पसमा राजनिति गरिरहेको विदार्थीहरुले आरोप लगाएका छन् । उनले क्याम्पस प्रमुख पाण्डेलाई विद्यार्थीलाई पढाउनु पर्ने चिन्ता भन्दा क्याम्पसमा संचालक समिति बनाउने र भत्काउने काम महवपूर्ण हुनेगरेकोले आफुहरु विरोधमा उत्रनु परेको विदार्थीहरुले बताएका छन् । क्याम्पस प्रमुख पाण्डेलाई जिम्मेवारी बोध गराई विद्यार्थीको पढाई सुचारु गर्न र विद्याथीहरुलाई छात्रवृति प्रदान गराउन दवाव दिने उदेश्यले विरोधमा उत्रनु परेको विद्यार्थीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस