धादिङ १४ भाद्र
सोमबार धादिङमा २ जनामा कोरोना पुष्टि भएको छ । सोमबार थपिएका सङ्क्रमितहरुमा त्रिपुरासुन्दरीमा १ र धादिङ हस्पिटलमा परिक्षण गराएको १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै सोमबार ९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८८ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा १२ र होम आइसोलेसनमा ७६ जना रहेका छन् । ४४ एनटीजेन परिक्षण मध्ये २ जनामा पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस