धादिङ १३ भाद्र
आईतबार धादिङमा ७ जनामा कोरोना पुष्टि भएको छ । आईतबार थपिएका सङ्क्रमितहरुमा ज्वालामुखीमा २, गंगाजमुनामा २, सिद्धलेकमा १ र रुबिभ्यालिमा २ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै आईतबार २० जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९५ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा ८५ जना रहेका छन् । निलकण्ठमा आज १५ स्वाब संकलन भएको छ । ४८ एनटीजेन परिक्षण मध्ये ७ पोजिटिभ हो ।
प्रतिक्रिया दिनुहोस