धादिङ ११ भाद्र
शुक्रबार धादिङमा २ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार थपिएका सङ्क्रमितहरुमा त्रिपुरासुन्दरीमा १ र धादिङ हस्पिटलमा परिक्षण गराएका १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै शुक्रबार २५ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय २७ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा ९ र होम आइसोलेसनमा १ सय १८ जना रहेका छन् । ८४ एनटीजेन परिक्षण मध्ये २ जनामका पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस