धादिङ ११ भाद्र
नीलकण्ठ नगरपालिका वडा नं.–६, सुनौलाबजारमा रहेको भैरवी माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारीको इकाई कमिटी गठन भएको छ । बिहिबार एक कार्यक्रमका बिच निर्मल श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय इकाई कमिटी गठन भएको हो ।
जसको उपाध्यक्षमा आकृती श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ, सह–सचिवमा सन्दिप राना मगर र कोषाध्यक्षमा सलिना श्रेष्ठ चयन भएको भिमसेन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अखिल क्रान्तिकारी धादिङका संयोजक उपेन्द्र जम्कट्टेलले अखिल क्रान्तिकारी विद्यार्थीहरुको हक र अधिकार स्थापनाका लागि निरन्तर लडिरहेको र अबका दिनमा पनि विद्यार्थीका अधिकारका मुद्धाहरुलाई तदारुकताका साथ उठान गर्ने बताउनु भयो ।
अहिले अभियानकै रुपमा विभिन्न विद्यालयहरुमा क्रान्तिकारीको इकाईहरु गठन गर्ने कार्यक्रम रहेको र भदौ २० गतेसम्ममा पालिका स्तरीय सम्मेलन सक्ने गरी तयारी थालिएको संयोजक जम्कट्टेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस