धादिङ १० भाद्र
बिहिबार धादिङमा ५ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा २, गंगाजमुनामा १, ज्वालामुखीमा १ र सिद्धलेकमा १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बिहिबार ३६ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ५० रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा १ सय ४० जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस