धादिङ ९ भाद्र
बुधबार धादिङमा १७ जनामा कोरोना पुष्टि भएको छ । बुधबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा २, गंगाजमुनामा २, ज्वालामुखीमा ५ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका ८ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बुधबार १२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८१ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा १ सय ७१ जना रहेका छन् । १ सय २५ एनटीजेन परिक्षण मध्ये १७ जनामा पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस