धादिङ ८ भाद्र
मंगलबार धादिङमा १३ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा ३, गंगाजमुनामा ४, त्रिपुरासुन्दरीमा २, थाक्रेमा २ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका २ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै मंगलबार १४ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ७६ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा १ सय ६६ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन । ७५ जनामा एनटीजेन परिक्षण मध्ये १० जनामा पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस