धादिङ ७ भाद्र
धादिङमा कोरोना संक्रमित हुनेको संख्या भन्दा निको हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा धादिङमा २ जनामा कोरोना पुष्टि भएको छ भने निको हुनेको संख्या २३ रहेको छ । सोमबार थपिएका सङ्क्रमितहरुमा त्रिपुरासुन्दरीमा १ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ७७ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा १२ र होम आइसोलेसनमा १ सय ६५ जना रहेका छन् । निलकण्ठ नगरपालिकामा आज १७ स्वाब संकलन भएको छ । ३४ एनटीजेन परिक्षण मध्ये २ जनामा पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस