धादिङ ०६ भाद्र
माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य एवं गजुरी गाउँपालिका वडा नं.६ का वडाध्यक्ष अर्जुन बहादुर भुजेल मगरले माओवादी केन्द्र धादिङको पार्टी कार्यालय भवन निमार्णको लागि नगद सहयोग गरेका छन् ।
आईतवार आफ्नो जन्म दिनको अवसर पारेर जिल्ला नेता एवं गजुरी गाउँ पार्टी इञ्चार्ज तारा भण्डारी मार्फत एकाउन्न हजार एक सय एघार रुपैंया आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
नेकपा(माओवादी केन्द्र) धादिङले पार्टी कार्यालय निर्माण गर्ने निर्णय गरेसँगै यतिबेला देश तथा विदेशबाट माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा सुभेच्छुक सुभचिन्तकहरुबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस