धादिङ ६ भाद्र
आईतबार धादिङमा २३ जनामा कोरोना पुष्टि भएको छ । आईतबार थपिएका सङ्क्रमितहरुमा धुनिबेसिमा १, गजुरीमा २, सिद्धलेकमा २, त्रिपुरासुन्दरीमा ३ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका १५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै आईतबार २१ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ९८ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा ८ र होम आइसोलेसनमा २ सय ७१ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन । ४३ एनटीजेन परिक्षण मध्ये ७ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस