धादिङ ५ भाद्र
शनिबार धादिङमा ६ जनामा कोरोना पुष्टि भएको छ भने २५ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ९६ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा ७ जना र होम आइसोलेसनमा १ सय ८९ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन। २० एनटीजेन परिक्षण मध्ये ६ जनामा पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस