धादिङ जेष्ठ २९
धादिङको त्रिपुरा सुन्दरी गाउँ पालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेसी नजिकै बुधबार अन्दाजी १९ वर्षकी युवतीको आँखु खोलाले बगाएर वेपत्ता बनाएको छ । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनर थिइन् । अध्ययनकै शिलशिलामा उनी प्राक्टिकलको लागी सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् । आँखु खोला हाइड्रो पावरले विना जानकारी ड्याम खोल्ने गरेकाले वर्षेनी मानिसहरु तथा पशु चौपायाहरु बगाउने र दुःख दिने गरेको स्थानीय राजन शाहले बताउनु भयो । ५ सय जना भन्दा बढी कामदार लगाएर गणेशस्थान र खहरे नजिकै स्थानीयले वारिपारि गर्न बनाएको काठे पुल पनि आँखु खोला हाइड्रो पावरले ड्याम खोलिदिदा बगाउने र स्थानीयलाई समस्या पर्ने बताउनु भयो । बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । यता आँखु खोला हाइड्रो पावर धादिङका साइड इन्चार्ज इश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस