धादिङ ३ भाद्र
धादिङमा आत्महत्याको दर बढेको छ । जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङक अनुसार धादिङमा गत आर्थिक वर्षको तुलनामा यो वर्ष आत्महत्या गर्नेको संख्या बढेको छ । आर्थिक वर्ष ०७५,७६ मा ९३ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष ०७६,७७ मा ९४ जनाले आत्महत्या गरेका थिए । तर आर्थिक वर्ष ०७७,७८ मा आत्महत्या गर्नेको संख्या बढेर १ सय ४२ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । मुख्य गरी असफलता, प्रेममा धोका, पारिवारिक सम्बन्धमा विचलन, घरेलु हिंसा आदि आत्महत्याका मृख्य कारण रहेको सार्वजनिक गरिएको तथ्याङमा भनिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय धादिङमा विभिन्न घटनाका मुद्धा दर्ता गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष ०७५,७६ मा ४ सय ३७, ०७६,७७ मा ४ सय ५७ रहेको मुद्दा दर्ता संख्या बढेर आर्थिक वर्ष ०७७,७८ मा ४ सय ९० पुगेको छ । आर्थिक वर्ष ०७७,०७८ मा ट्राफिक कारबाहीबाट ३ करोड २७ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस