बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भए संगै उनी नेपालको पहिलो महिला मुख्यमन्त्री भएकी छन्। बुधबार नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालले एमाले समाजवादी पार्टी दर्ता गरेकै दिन शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमालेको केपी ओली पक्षले उनलाई बुधबार नै बाग्मती प्रदेशको संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाएको हो। शाक्य पहिले पनि बाग्मती प्रदेशको मुख्यमन्त्रीका दाबेदार थिइन्। माधव नेपाल पक्षले सुरूमै उनलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेको थियो। तर त्यति बेला केपी ओलीले हेटौंडाका पूर्वमेयर तथा आफ्नो गुटका डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएका थिए। शाक्यले मुख्यमन्त्रीको सपथ लिएसँगै दुई जना मन्त्री नियुक्त गरेकी छन्। उनले सांसद केशव पाण्डेलाई आन्तरिक मामिला र कृष्णप्रसाद खनाललाई सामाजिक विकास मन्त्री नियुक्ति गरेको हो ।
प्रतिक्रिया दिनुहोस