धादिङ २ भाद्र
बुधबार धादिङमा २० जनामा कोरोना पुष्टि भएको छ । बुधबार थपिएका सङ्क्रमितहरुमा धुनिबेसिमा ४, गंगाजमुनामा ३, त्रिपुरासुन्दरीमा २, ज्वालामुखीमा ५, खानियाबासमा १ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका ५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बुधबार ३० जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ७९ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा ८ र होम आइसोलेसनमा २ सय ७१ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन। १ सय ६ एनटीजेन परिक्षण मध्ये २० पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस