धादिङ १ भाद्र
मंगलबार धादिङमा २१ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा ३, थाक्रेमा १, गल्छीमा १, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा ३, ज्वालामुखीमा ७ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका ४ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै मंगलबार ३० जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ९८ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा २ सय ७९ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन। १५९ एनटीजेन परिक्षण मध्ये २१ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस