धादिङ ३२ श्रावण
सोमबार धादिङमा ३० जनामा कोरोना पुष्टि भएको छ । सोमबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा १६, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा ३ र गंगाजमुनामा ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै सोमबार ४८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ९८ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा ११ र होम आइसोलेसनमा २ सय ८७ रहेका छन् । गजुरीमा आज १३ स्वाब संकलन भएको छ। ६५ एनटीजेन परिक्षण मध्ये १४ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस