धादिङ ३१ श्रावण
आईतबार धादिङमा ३६ जनामा कोरोना पुष्टि भएको छ । आईतबार थपिएका सङ्क्रमितहरुमा धुनिबेसिमा १, गल्छीमा २, गजुरीमा ४, ज्वालामुखीमा १०, बेनिघाटमा १, त्रिपुरासुन्दरीमा ३, गंगाजमुनामा ५, सिद्धलेकमा ३, रुभिभ्यालिमा ३ र धादिङ्ग हस्पिटलमा परीक्षण गराएका ४ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै आईतबार २३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय १६ रहेका छन् जसमध्ये हस्पिटल आइसोलेसनमा ८ र होम आइसोलेसनमा ३ सय ८ रहेका छन् । निलकण्ठमा आज ४१ स्वाब संकलन भएको छ १ सय ७ एनटीजेन परिक्षण मध्ये ३० जनामा पोजिटिभ आएको छ।
प्रतिक्रिया दिनुहोस