काठमाडौँ ३० श्रावण
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते गर्नुपर्ने प्रस्ताव ल्याएका छन् । शनिबार सुरू भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलन प्रस्ताव गरेका हुन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकका एजेन्डाबारे जानकारी दिँदै सम्मेलन पुसमा गर्ने प्रस्ताव अध्यक्षले ल्याएको बताए । उनका अनुसार बैठकले पहिलो कार्यसूची पारित गरेको छ ।
सुरूमा राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्ने, राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि छलफल गर्न समूह विभाजित गर्ने लगायतका काम भएका छन् ।
राजनीतिक प्रतिवेदन र विधान संशोधन छलफल गर्न केन्द्रीय सदस्यहरूमाझ आठ वटा समूह बनाइएको छ । त्यो समूहले आइतबार ११ बजे बस्ने बैठकमा छलफलको निष्कर्ष पेश गर्ने छ । ‘
सांगठतिक एजेन्डामा पार्टी र विभागहरूको कार्यविभाजन हुने छ,’ उनले भने, ‘अन्य प्रस्तावित एजेन्डाबारे पनि छलफल हुने छ ।’ कार्यसूची पेश गर्नुअघि दाहालले देशको हालको परिस्थितिमा पार्टीको भूमिकाका बारे जानकारी र अभिमुखीकरण दिएका थिए । सेतोपाटीबाट साभार
प्रतिक्रिया दिनुहोस