गोरखा जेष्ठ २९
आरुघाट गाउँ पालिका गोरखामा ०७५ र ०७६ का लागि विनियोजित बजेटअनुसार १ महिने प्रधानमन्त्री रोजगार कार्यक्रमको बारेमा वडाबाट सिफारिस भइ आएका बेरोजगार व्यक्तिहरुलाई उनीहरुको घर दैलोमा पुगी ’बेरोजगारसँग जनप्रतिनिधि ’भन्ने नाराका शाथ रोजगार दिने कामको थालनी भएको छ । नेपाल सरकारबाट सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ’कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ को शुरुवात मङ्गलबार आरुघाट गाउँ पालिकाका अध्यक्ष पूर्ण बहादुर दाहाल , उपाध्यक्ष कल्पना नेपाली , १० वटै वडाका वडा अध्यक्ष एवं रोजगार संयोजक महेश खत्री लगायतको उपस्थितिमा भएको हो । बेरोजगार सुचिमा रहेका व्यक्तिहरु मध्येबाट वडा समितिले छनौट गरी सिफारिस गरेका २ सय ५२ जना बेरोजगार व्यक्तिहरुले यस आर्थिक वर्षका लागि १ महिने रोजगारको अबसर प्राप्त गर्नेछन् ।
उक्त व्यक्तिहरुलाई गाउँकार्यपालिकाको निर्णयानुसार विभिन्न विकास निर्माणका कार्यहरुमा लगाई दैनिक रुपमा ज्याला दिइने आरुघाट गाउँ पालिकाका सुचना अधिकृत नवराज खनालले बताउनु भयो । आरुघाट गाउँ पालिकामा बेरोजगार फारम भरेका २ हजार ५ सय २५ जना मध्येबाट २ सय ५२ जनालाई तत्कालको लागि रोजगारीको सिर्जना गरे पनि अन्य बेरोजगार व्यक्तिहरुलाई रोजगारीको सिर्जना हुनेगरी आगामी आर्थिक वर्षमा योजनाहरु ल्याइने पनि गाउँ पालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालले प्रतिबद्धता जाहेर गर्दै यस प्रधानमन्त्री रोजगार कार्यकम स्थानीय तहमा प्रभावकारी रुपमा संचालन गर्दै बेरोजगारको समस्यालाई निराकरण गर्नमा गाउँपालिका निरन्तर तत्पर रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस