धादिङ २९ श्रावण
धादिङमा शुक्रबार १४ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार थपिएका सङ्क्रमितहरुमा ज्वालामुखीमा ५, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा २, थाक्रेमा १ र धादिङ्ग हस्पिटलमा परीक्षण गराएका ४ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै शुक्रबार ५५ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय १२ रहेका छन् जसमध्ये हस्पिटल आइसोलेसनमा १२ र होम आइसोलेसनमा ३ सय १६ रहेका छन् । सिद्धलेकमा शुक्रबार १२ स्वाब संकलन भएको छ । १ सय १७ एनटीजेन परिक्षण मध्ये १४ जनामा पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस