धादिङ २८ श्रावण
धादिङमा विहिबार २३ जनामा कोरोना पुष्टि भएको छ । विहिबार थपिएका सङ्क्रमितहरुमा धुनिवेशीमा १ जना, नेत्रावतीमा १, ज्वालामुखीमा ३, वेनिघाट रोराङमा ४, गल्छीमा २ र धादिङ्ग हस्पिटलमा परीक्षण गराएका १२ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै विहिबार ५९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ६९ रहेका छन् जसमध्य हस्पिटल आइसोलेशनमा हस्पिटल आइसोलेशनमा ११ र होम आइसोलेशनमा ३ सय ५८ जना रहेका छन् । गजुरी गाउँपालिकामा १३ स्वाब संकलन भएको छ । १ सय ३४ एन्टिजिन परीक्षण मध्ये २३ पोजिटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस