धादिङ २५ श्रावण
सोमबार धादिङमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा निलकण्ठमा ११ जना, धुनिबेसीमा २, गल्छीमा २, बेनिघाटमा ४, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा १, सिद्धलेकमा ४ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका २१ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै आज २६ जना डिस्चार्ज भएसँगै जिल्लाको सक्रिय संक्रमितको संख्या ४ सय १५ पुगेको छ । हाल जिल्ला हस्पिटल आइसोलेसनमा १४ र होम आइसोलेसनमा ४ सय १ जना रहेका छन् । गजुरीमा आज १५ स्वाब संकलन भएको छ । १ सय ५७ एनटीजेन परिक्षण मध्ये ३३ जनामा पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस