धादिङ २३ श्रावण
राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । कक्षा १२ को साउन ३१ गतेदेखि हुने भनिएको परीक्षाको विषयमा निर्णय लिन बोर्डले बैठक बोलाएको थियो । सोही बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्न लागिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । ५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । एसईईको नतिजा SEE<space>symbol no. Send SMS to 1600, www.see.gov.np, www.neb.gov.np का साइट बाट हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस