धादिङ १९ श्रावण
मंगलबार धादिङमा ३७ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा निलकण्ठमा २, धुनिबेसिमा १, गल्छीमा २, ज्वालामुखीमा ६, त्रिपुरासुन्दरीमा ३, गंगाजमुनामा ५, सिद्धलेकमा १ र धादिङ्ग हस्पिटलमा परीक्षण गराएका १७ रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै मंगलबार ३२ जना डिस्चार्ज भएका छन् । यो सँगै जिल्लाको सक्रिय केश ४ सय ७३ पुगेको छ । जिल्लामा हस्पिटल आइसोलेसनमा ६ र होम आइसोलेसनमा ४ सय ६७ जना रहेका छन्। जिल्लामा आज स्वाब संकलन भएको छैन। १ सय ५९ एनटीजेन परिक्षण मध्ये ३३ पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस