धादिङ १८ श्रावण
सोमबार धादिङमा ५५ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा निलकण्ठमा १७ जना, गल्छीमा जना १, ज्वालामुखीमा जना १, त्रिपुरासुन्दरीमा जना ६, गंगाजमुनामा जना ३, थाक्रेमा १० जना, धादिङ्ग अस्पतालमा परीक्षण गराएका १७ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै सोमबार ७० जना डिस्चार्ज भएका छन् । यो सँगै जिल्लाको सक्रिय केश ४ सय ६८ पुगेको छ । जिल्ला हस्पिटल आइसोलेसनमा ९, संस्थागत आइसोलेसनमा २ र होम आइसोलेसनमा ४ सय ५७ रहेका छन् । नीलकण्ठमा आज १८ स्वाब संकलन भएको छ । १ सय ४३ एनटीजेन परिक्षण मध्ये ३२ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस