धादिङ १७ श्रावण
आइतबार धादिङमा ५९ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा धुनिबेसी नगरपालिकामा १६ जना, गजुरी गाउँपालिकामा १ जना, गल्छीमा १, बेनिघाट रोराङमा ८, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा ३, थाक्रेमा ८, रुबिभ्यालिमा १४ र धादिङ्ग अस्पतालमा परीक्षण गराएका ५ रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै आइतबार २९ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लाको सक्रिय केश ४ सय ८३ पुगेको छ । जिल्लामा हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४ सय ६६ रहेका छन् । नीलकण्ठमा आज ४७ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस