धादिङ १६ श्रावण
नेकपा(माओवादी केन्द्र) जिल्ला पार्टी कार्यालय निर्माणका लागि एकीकृत अखिल नेपाल शिक्षक संगठनले ठुलो मात्रामा सहयोग गरेको छ । शनिबार एक कार्यक्रमका बिच संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, बागमती प्रदेश अध्यक्ष शंकर अधिकारी एवं जिल्ला अध्यक्ष खिल प्रसाद धमलाले संयुक्त रुपमा रु. ५ लाख २५ हजार रकम माओवादी केन्द्र धादिङका अध्यक्ष विजय बुर्लाकोटीलाई हस्तान्तरण गर्नुभएको हो ।
केही महिना अगाडि जिल्ला पार्टीको बैठकले धादिङबेसीमा पार्टी कार्यालय भवन निर्माण गर्ने निर्णय गरेसँगै यतिबेला पार्टी नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको छ ।
सहयोग रकम जुट्ने क्रम जारी रहेकाले केही समयमा जग्गा खरिद प्रकृयामा गएर यो आर्थिक वर्षमै कार्यालय भवन निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको जिल्ला अध्यक्ष विजय बुर्लाकोटीले जानकारी दिनुभयो । सहयोग गर्न चाहने पार्टी नेता तथा कार्यकता एवं सुभचिन्तकहरुलाई सानिमा बैंक धादिङ शाखामा UCPN(M)District Committee Dhading नाममा रहेको खाता नम्बर ००४०१००१०००००३५ मा रकम जम्मा गर्न सकिने जानकारी दिनुभयो ।
सहयोगीहरुको नामावली र सहयोग रकम
प्रतिक्रिया दिनुहोस