धादिङ १६ श्रावण
शनिबार धादिङमा २८ जनामा कोरोना पुष्टि भएको छ । शनिबार थपिएका संक्रमितहरुमा निलकण्ठमा ३, गजुरीमा २, ज्वालामुखीमा २, गंगाजमुनामा ५, त्रिपुरासुन्दरीमा ९ र धादिङ्ग हस्पिटलमा ७ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै शनिबार जिल्लामा डिस्चार्ज हुनेको संख्या १ सय रहेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । यस्तै जिल्लामा हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४ सय ३६ रहेका छन् । जिल्लामा आज ३८ स्वाब संकलन भएको छ । ८७ एनटीजेन परिक्षण मध्ये २८ पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस