धादिङ १६ श्रावण
तामाङ सञ्चार समूह धादिङको संयोजकमा नीर तामाङ चयन हुनुभएको छ । शनिबार बसेको बैठकलले तामाङको संयोजकत्वमा २१ सदस्यीय अधिवेशन आयोजक समिति निर्माण गरेको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) धादिङका नेता राम बहादुर भण्डारी, समूहका निवर्तमान अध्यक्ष विमल तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
बैठकले दशैँ अगावै अधिवेशन गर्ने गरी तयारी समेत थालेको छ । संयोजक तामाङ सहिद स्मृति सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो बिहानी ९७.६ मेगाहर्जमा कार्यरत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस