धादिङ १५ श्रावण
विभिन्न ३४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ । शुक्रबार देशका ७ सय ५३ स्थानीय तह, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र काठमाडौँको माइतीघर मण्डलमा रिले अनसन मार्फत आन्दोलन गरिएको हो ।
धादिङमा पनि शिक्षा विकास तथा समन्वय इकाई धादिङ र जिल्लाका १३ वटै स्थानीय तहमा महासंघले बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म रिले अनसन गरेको हो । लामो समयदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको महासंघको यो चौथो चरणको आन्दोलन हो ।
शिक्षामा बजेट वृद्धि, बालकक्षा शिक्षक, विद्यालय कर्मचारी, उच्च माध्यमिक शिक्षकहरुका जायज मागहरु पुरा हुनुपर्ने र सबै प्रदेश, स्थानीय तहले बनाउने शिक्षा ऐनमा एकरुपता हुनुपर्ने तथा कोरोनाविरुद्धको खोप शिक्षकलाई उपलब्ध गराउनु पर्ने लगाएत मागहरु रहेका छन् । आफ्ना जायज मागहरु पुरा गरेर शिक्षकहरुलाई अध्यापनका लागि सहज वातावरण बनाउन अनशनका सहभागीहरुको सरकारलाई अनुरोध छ ।
के भन्छन् आन्दोलनकर्मीहरु ?
प्रतिक्रिया दिनुहोस