धादिङ १२ श्रावण
धादिङमा मंगलबार ४८ जनामा कोभिड–१९ पुष्टि भएको छ । मंगलबार थपिएका संक्रमितहरुमा नीलकण्ठमा २, गल्छीमा ९, गजुरीमा २, बेनिघाट रोराङमा १०, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा ३ र धादिङ्ग हस्पिटलमा परीक्षण गराएका १२ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै मंगलबार जिल्लामा डिस्चार्ज हुनेको संख्या १० रहेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय १ पुगेको छ ।
यस्तै जिल्ला हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ५ सय ८४ जना रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन । १ सय ४९ एन्टिजेन परीक्षण मध्ये ४७ पोजिटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस