धादिङ १२ श्रावण
५५ औ रक्तसञ्चार सेवा स्थापना दिवसको अवसरमा मंगलबार धादिङमा आयोजित रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवन दान भन्ने मूल नाराका साथ सम्पन्न भएको कार्यक्रममा ४ जना महिला र १३ जना पुरुष गरी १७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको आयोजनामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस